Total: 6 Records
रैथाने पशुपन्छी घट्दै जानुका मुख्य कारणहरु

विभिन्न रैथाने पशुपन्छीका नश्लहरूको (गाईभैसी, भेडा, बाख्रा, सुँगुर ,कुखुरा तथा अन्य) विविधताले परिवर्तनशील वातावरणमा मानविय आवश्यकता पुरागर्न र पशुपन्छी को विकासमा महत्वपुर्ण योगदान पुर्याएको हुन्छ । यद्यपी, नेपालको कृषि अर्थतन्त्रमा रैथाने पशुपन्छी हरूको ठूलो योगदान भएता पनि परिवर्तनशील कृषि प्रणाली, व्यव सायि करण, ति ब्र आर्थि क विकास गर्ने उद्देश्य, वातावरणीय प्रभाव लगायत अन्य कारणले यी रैथाने जातहरूको संख्या साथै आनुवंशिक संरचना दुवै घट्दो क्रममा रहेका छन् । सरकारले उच्चतम व्यवस्थापनमा रैथाने नश्लको उचि त मूल्याङ्कन विना विदेशी नश्लहरू भित्र्याई वर्णशंकरको माध्यमबाट पशुपन्छी को उत्पादन तथा उत्पादकत्व बढाउन गरेको प्रयासले रैथाने पशुपन्छी को सङ्ख्या घट्ने र स्वदेशी नश्लको आनुवंशिक क्षति हुन सहयोग पुगेको छ । त्यसैगरी वैकल्पि क रोजगारीका अवसरहरुको विकास, जलवायु परिवर्तन, वन विनास, खाद्य वस्तुको अभाव का साथै स्वदेशी पशुवस्तुको उचि त मूल्याङ्कन नहुनु ,देशका विभिन्न भौगोलिक क्षेत्रमा हुने पशुपन्छीको महत्वपुर्ण विशेषताहरूको महत्त्व नबुझ्नु वा विशेषताहरूको बारेमा अध्ययन नहुनु जस्ता कारणहरूले गर्दा पनि स्थानिय जात घट्दो क्रममा रहेका छन् । नश्ल वा वंश सुधार र संरक्षण योजना लागू गर्न असफल हुनु र वर्त मान परिणामको लागि ति कारणहरु नै जि म्मेवार हुन । यसबाहेक २०२२ सम्म पशु प्रजनन नीतिको अभाव पनि स्थानिय नश्ल गुमाउनुको अर्को बलि यो कारण हो ।

स्व-स्थान संरक्षण विधि

पशुपन्छी स्रोतको घट्दोक्रमलाई तथा भविस्यमा लोपहुन सक्ने अवस्था बाट जोगाउन स्व-स्थान संरक्षण विधि एक उत्तम उपाय हो। राष्ट्रिय पशु प्रजनन तथा आनुवंशि क अनुसन्धा न केन्द्र,
खुमाल्टा रले ले घट्दोक्रमका नश्ल (अछामी तथा लुलु गाई) तथा आर्थि क महत्त्व भएको नश्ललाई (खरी बाख्रा) समुदायमा आधारित व्यव स्थापन (स्व-स्था न) र संरक्षणको बारेमा राष्ट्रव्या पी चेतना जागरण अभि यान सुरु गरेको छ ।

संस्थागत फार्ममा प्रस्थान संरक्षण विधी

घट्दोक्रम तथा लोपोन्मुख नश्लहरू (लुलु तथा सिरी गाई) को लागि संस्था गत फार्म मा (रा.प.प्र.तथा आ.अ.के. को फार्म ) प्रस्थान संरक्षण विधीको प्रयोग गरिनुका साथै उच्चत्तम व्यवस्थापनमा आनुवंशिक क्षमताको अध्ययन भईरहेको छ ।

ल्याव तथा प्रयोगशालामा गरिने संरक्षण

ल्याव तथा प्रयोगशालामा गरिने संरक्षणले ्यरीव( ,तन्तु, DNA का नमूनाहरू आदि ) भविष्यमा हुने विउ तथा अन्य अनुसन्धा नमा प्रयोग हुने वस्तुहरु प्राप्त गर्न सहयोग गर्दछ । राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, खुमाल्टा रले अछामी गाई, लुलु गाई, सिरी गाई र खरी बाख्राको जमेको वीर्य सङ्कलनका साथै पहिचान भएका २६ गाईवस्तुको रगत र तन्तुको नमूना सङ्कलन गर्ने र आनुवंशिक स्तरमा अध्ययन गर्ने काम गरि रहेको छ । यी विर्य तथा नमूनाहरू केन्द्रको क्रायोजिनबैंकमा भण्डारण गरी सुरक्षित गर्ने काम भई रहेको छ ।

जीवित जिन संरक्षण फार्म स्थापना

नेपालका पहिचान भएका रैथाने पशुपन्छी प्रदर्शन गर्ने उद्देश्यले राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, खुमाल्टारले पशुपन्छी को जिवित जिन संरक्षण फार्म स्थापना गरेको छ । हालसम्म केन्द्रको पशुपन्छी फार्म मा (जिवित जिन बैंक) पहिचान गरिएका २६ नश्लमध्ये १७ वटा नश्ल संरक्षण गरि तिनि हरुको बिभिन्न पक्षहरुमा अनुसन्धान गरि रहेको छ ।

अनुसन्धान कार्य

राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, खुमाल्टा र एक मात्र कार्यालय हो जसले रैथाने पशुपन्छी मा पर्याप्त मात्रामा अनुसन्धान कार्य थालनि गरेको छ। यसरी यस केन्द्रले पशुपन्छी हरुको वर्तमान स्थिति , भविष्य को आवश्यकता, वर्तमान र भविष्य का मूल्यहरू, प्रकृति का साथै खतराहरूको गम्भीरता पुर्वक अध्ययन अनुसन्धान गर्ने काम गरिरहेको छ। अनुसन्धानबाट आएका उपलब्धीहरू मन्त्रालय र प्रसार गर्ने संस्था हरुलाई उपलब्ध गराउँदै आईरहेको छ जसले उपयुक्त पशुपन्छी पालन तथा प्रयोगलाई सहयोग पुग्नुका साथै रैथाने पशुपन्छी संरक्षणका लागि बन्ने नीति निर्माण र विकासमा सहयोग गर्ने गर्छ। पशुपन्छीहरूको विकास र संरक्षणका लागि यस केन्द्रले संरक्षण रणनीतिहरूको संयोजन गर्नुका साथै राष्ट्रिय, क्षेत्री य र अन्तर्राष्ट्रिय स्तरहरूमा उपयुक्त मार्ग दर्शन तथा रोड-म्याप विकास गर्न यस केन्द्रको योगदान रहेको छ ।