रैथाने भेडा (Indigenous Sheep)


नेपालका रैथाने भेंडाहरु मुलुकको तराई, पहाड र हिमाली क्षेत्रका लागि एउटा महत्वपूर्ण पशुधन हुन् । यिनीहरुलाई मुख्यतः ऊन, मासु, मल, पुजाआजामा र भारी बोक्ने काम (विशेषगरी पहाड र हिमालमा) का लागि पालिन्छ । मुलुकमा हालसम्म पहिचान भएका र चारित्री करण भएका जम्मा चारवटा भेंडाका नश्लहरु छन् । तिनीहरु लामपुच्छ्रे, कागे, बरुवाल र भ्याङ्गलुङ्ग हुन् । लामपुच्छ्रे भेडा तराई बाख्रा सँगै नेपालको पूर्व देखि पश्चिम तराई क्षेत्रमा पाईन्छ र गर्मी सहन गर्ने बिषेशता छ भने कागे भेडाहरु खरी बाख्रासँगै भित्री उपत्याका र मध्य पहाडमा पाइन्छन् । यिनीहरु दुवैले खस्रो ऊन उत्पादन गर्दछन् र प्राय मासुको लागि प्रयोग गरिन्छ । बरुवाल र भ्याङ्गलुङ्ग भेडा क्रमशः सिन्हाल र च्याङ्ग्रा बाख्रासँगै नेपालको उच्च पहाडी र
हिमाली क्षेत्रमा विषेशगरी ऊन, मासु र भारी बोक्नको लागि पालिन्छ र चरीचरनमा राम्रो उत्पादन दिन्छन् । ऊनलाई नेपाली गलैंचा र राडीपाखी बनाउन प्रयोग गरिन्छ । विदेशी बजारमा नेपाली गलैंचा र राडीपाखीको
माग घटेसँगै र बाख्राको मासुको लोकप्रियता बढेसँगै भेडापालनमा कृषकको रुचि घटेकाले हरेक बर्ष यसको संख्या पनि घट्दोक्रममा छ । यीनीहरुको शारीरिक बाह्य बनोट क्रोमोजोम तथा डिएनए स्तरमा वर्गिकरण गरिसकिएको छ । 

Positive Attributes:

In general, indigenous breeds are low producing than the exotics in terms of meat and wool production. However, they have several other positive attributes such as hardiness, adaptability to local harsh conditions and can produce in low input system. It is observed that these positive attributes are not duly recognized rather exotics breeds are unnecessarily given preference over them . 

Socio-cultural Significance:

These indigenous sheep are high valued for meat, wool, manure and draught (particularly in the hills and mountains). Apart from these, they have several other uses such as hides, bones and hair. They also have cultural and social values in the country.


नेपालका रैथाने पशु आनुवंशिक श्रोतहरू सम्बन्धि विवरणको सारांश

लाम्पुछ्रे (Lampuchhre)
वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था Detail
Ovis aries तराई बाँके, बर्दिया, दाङ, कपिलबस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुनसरी जोखिमयुक्त Phenotypic, DNA, Chromosomal View
कागे (Kage)
वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था Detail
Ovis aries भित्रि मधेश घट्दो संख्या Phenotypic, DNA, Chromosomal View
बरुवाल (Baruwal)
वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था Detail
Capra hircus मध्य पहाड सामान्य Phenotypic, DNA, Chromosomal View
भ्याङ्गलुङ्ग (Bhyanglung)
वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था Detail
Ovis aries उच्च पहाड घट्दो संख्या Phenotypic, DNA, Chromosomal View

रैथाने पशु आनुवंशिक श्रोतको फोटोहरू

भ्याङ्गलुङ्ग (Bhyanglung)

बरुवाल (Baruwal)

कागे (Kage)

लाम्पुछ्रे (Lampuchhre)