रैथाने भैंसी (Indigenous Buffalo)


कालो सुनको नामले पनि परिचित भैंसी नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण मेरुदण्ड हो । ग्रामीण घरपरिवारमा र मुलुककै अर्थतन्त्रमा यिनीहरुको अत्यन्तै बहुउपयोगी भूमिका रहेको छ । यिनीहरुले मानिसका लागि खाद्य पदार्थ (दूध र मासु), कृषि क्रियाकलापका लागि उर्जा (भारी बोक्न र खेतबारी जोत्न) साथै माटोको उर्वराशक्ति बढाउन र कायम राख्नका लागि मलखाद प्रदान गर्दछन् । यसबाहेक यिनीहरुको छाला, हाड र रौंहरु पनि उपयोगमा आउने गर्दछन् । नेपालको तराई देखि मध्य पहाडी क्षेत्र सम्म विभिन्न जातका भैंसीहरु पाईन्छन् । तिनीहरु क्रमशः तराई, लिमे, पारकोटे, र गड्डी हुन् । तराई भैंसी नेपालको पूर्वीदेखि पश्चिम तराईमा भेटिन्छन् । लिमे र पारकोटे भैंसीहरु मुलुकको मध्य पहाडी क्षेत्रमा पनि विषेश गरि कास्की , पर्वत, बाग्लुङ्ग, दोलखा, रामेछाप आदि जिल्लाहरुमा पाइन्छन् भने अन्य पहाडी जिल्लामा फाट्टफुट्ट देखिन्छन् । त्यसै गरि गड्डी भैंसी सुदुरपश्चिमकको डडेलधुरा, डोटी आदि जिल्ला मा पाईन्छन् । पूर्वी नेपालको सुनसरी जिल्लामा अवस्थि त कोसी टप्पुवन्यजन्तु आरक्षमा अर्ना भैंसी संरक्षित गरिएका छन् । रैथाने भनिने भैंसीहरु यिनै अर्नाहरुको वंशज भएको विभिन्न अध्ययनले पुष्टी गरेको छ । पशुको दुध र मासुजन्य पदार्थको योगदानमा भैंसीको दुधले करिब ५७ प्रति शत र मासुले करिब ३६ प्रति शत ओगटेको छ । मुलुकका पहिचान भएका सम्पूर्ण रैथाने भैंसीहरु २५ जोडी क्रोमोजोम भएका जल भैंसीका प्रकार हुन् । यिनीहरु प्रायः कालो रङ्गका हुन्छन् तथा शरीरका विभिन्न भागमा
केही विशेषता झल्का उने दाग वा नि शानहरु हुन्छन् । प्रत्येक नश्लका भैंसीहरुको सि ङको आकार फरक फरक हुन्छ जसलाई नश्ल पहिचानको एक सरल तरिकाको रुपमा पनि लिन सकिन्छ । यसबाहेक शरीरको रङ्ग, सिङ्गको आकार र शरीरमा पाइने धर्साहरु वा थोप्लाहरु नश्ल वर्गिकरणमा लक्षण खुट्याउने अवयव बन्न सक्छन् ।

Positive Attributes:

Indigenous buffalo has a wide adaptation capacity ranging from tropical wet or dry land to near sub-alpine region of Himalayas. The adaptation across different agro-ecological zone reflects tremendous digestion ability of forage and wild grasses. Besides, existence in low plane of nutritional regime, cold tolerance and can be easily raised in low external input system are the unique characteristics of the indigenous buffalo. Body size of indigenous buffaloes is relatively smaller and sturdier. They, therefore, are highly suitable to thrive on narrow and stiff topographical hills and mountains, which covers about 70% of total area of the country. They are excellently adapted to local harsh environmental conditions in which the depletion of nutritional status has been a continuous feature. These features certainly emphasize the superiority of indigenous buffaloes over the exotic ones and their crossbred which is reflected by resilience in economically important diseases. Research has already discovered a wide variation in productivity of indigenous buffaloes in terms of milk production showed their unexploited genetic potential (Amatya et al., 2000). Moreover, indigenous buffaloes produce comparatively similar milk yield than even exotic and crossbred animals in farmers‟ household. Nevertheless, buffalo covers the major demand of meat in the country as well. 

Socio-cultural Significance:

Even though Nepal is declared as secular after the country officially became the Federal Democratic Republic of Nepal, beef is still not openly used in Nepal as more than eighty percent of the people follow Hinduism. Cara-beef (buffalo meat) is therefore popular in Nepal especially with Newar ethnic group whose food culture and festivals are mainly depend on buffalo. Furthermore, buffalo meat is considered a healthier alternative containing less fat and cholesterol, and more protein than beef; filled with nutrients, especially B vitamins, water buffalo is unique and delicious alternative to other meats.


नेपालका रैथाने पशु आनुवंशिक श्रोतहरू सम्बन्धि विवरणको सारांश

लिमे (Lime)
वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था Detail
Bubalus bubalis मध्य पहाड घट्दो संख्या Phenotypic, Chromosomal View
परकोटे (Parkote)
वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था Detail
Bubalus bubalis मध्य पहाड घट्दो संख्या Phenotypic, Chromosomal View
गड्डी (Gaddi)
वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था Detail
Bubalus bubalis मध्य पहाड धादिङ, काभ्रेपलान्चोक, नुवाकोट, रामेछाप घट्दो संख्या Phenotypic, Chromosomal View
तराई भैंसी (Terai Buffalo)
वैज्ञानिक नाम पाईने स्थान पाईने जिल्लाहरु संख्यात्मक अवस्था अध्ययनको अवस्था Detail
Bubalus bubalis तराई मोरंग, सुनसरी घट्दो संख्या Phenotypic, DNA View

रैथाने पशु आनुवंशिक श्रोतको फोटोहरू

लिमे (Lime)

परकोटे (Parkote)

गड्डी (Gaddi)

तराई भैंसी (Terai Buffalo)